विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरै

काठमाडौं युएईसँग अंक तालिकामा पछि परेपछि नेपालको यू–१९ विश्वकप खेल्ने सपना अधुरै रहेको छ। युएईले बिहीबार आफ्नो अन्तिम खेलमा ओमानलाई पराजित गरेसँगै नेपाल विश्वकपमा छनोट हुन असफल भएको हो। जारी विश्वकपको एसिया छनोटबाट अपराजित रहँदै युएई १० अंकका साथ विश्वकपमा छनोट भएको छ।

६ टोली सहभागी प्रतियोगिताको अंक तालिकाको शीर्ष स्थानमा रहने टोली सन् २०२० मा दक्षिण अफ्रिकामा हुने विश्वकपमा छनोट हुने प्रावधान छ।

वर्षाले खेल बिथोलिएपछि दोस्रो खेलमा नेपाल डिएल म्याथडका आधारमा युएईसँग एक रनले पराजित भएको थियो। उक्त पराजयपछि अंक तालिकामा नेपाल पछि परेको हो।

नेपालको अहिले आफ्नो अन्तिम खेल कुवेतविरुद्ध खेलिरहेको छ। उक्त खेलमा जित हात पारे पनि नेपाल ८ अंकका साथ दोस्रो स्थानमा रहनेछ। शीर्ष स्थानको टोली मात्रै विश्वकपका लागि छनोट हुने भएकाले नेपालको सम्भावना सकिएको हो।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस