हावाहुरीले झापामा विद्युत प्राधिकरणको २२ लाखभन्दा बढी क्षति

भद्रपुर । हावाहुरीले झापामा नेपाल विद्युत प्राधिकरणको २२ लाखभन्दा बढीको क्षति पुर्‍याएको छ। नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रका अनुसार भद्रपुर वितरण केन्द्रअन्तर्गत मेचीनगर, वुद्धशान्ति, भद्रपुर, हल्दिबारी, कचनकवलमा हावाहुरीले विद्युतीय पोल र ट्रान्सर्फमरमा क्षति पुर्‍याएको केन्द्र प्रमुख रामउदगर साहले बताए।

गत मंगलबार गएको हावाहुरीले सिमेन्ट र काठको गरी ४५ वटा पोल लडाएको थियो। केन्द्रका अनुसार भद्रपुरमा १३, हल्दिबारीमा ७, मेचीनगरमा ७, कचनकवलमा ११ केभीको एउटा र वुद्धशान्तिमा ११ केभीको तीन वटा विद्युतीय पोल लडेका थिए।  यस्तै, गत चैत ३० मा गएको हावाहुरीले समेत क्षति पुर्याएको छ।

उक्त हावाहुरीले वुद्धशान्तिमा ३३ केभीको एउटा, ११ केभीको ८ र सडकका १० वटा पोल गरी १९ वटा पोल लडाएका थिए। भद्रपुरका अस्पताल चोकमा रहेको २०० केभीको ट्रान्सफर्मरमा चट्याङले क्षति पुर्‍याएको केन्द्रले जनाएको छ।  वितरण केन्द्रअन्तर्गत सडकमा ११ सयभन्दा बढी काठको विद्युतीय पोल रहेको छ। चालु आर्थिक वर्षमा १०० र गत वर्ष १५० काठको पोल हटाएर सिमेन्टको पोल लगाइसकिएको जनाइएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा पुगेको छ ।

प्रतिकृया दिनुहॊस