पोर्चुगलमा जर्मन पर्यटक सवार बस दुर्घटना, २८ को मृत्यु, २८ घाइते

काठमाडाैँ । पोर्चुगलको मडिरा टापुमा बस दुर्घटना हुँदा २८ पर्यटकको मृत्यु भएको छ। मडिरा टापुको कनिसो नगरमा ५५ यात्रु सवार बस दुर्घटना हुँदा २८ जनाको ज्यान गएको र अन्य २८ जना घाइते भएको पोर्चुगलका सञ्चारमाध्यमले जनाएका छन्।

मृत्यु हुनेमध्ये १७ जना महिला र ११ जना पुरुष छन्। चालकले नियन्त्रण गुमाउँदा बस  दुर्घटना भएको हो।

दुर्घटनाबारे अनुसन्धान थालिएको अधिकारीहरूले बताएका छन्। त्यस्तै पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले जर्मन चान्सलर एंगेला मर्केललाई समवेदना सन्देश पठाएका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस