अजोड इन्स्योरेन्सको जनकपुर शाखा उद्घाटन

काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडको जनकपुर शाखा कार्यालयको उद्घाटन भएको छ । संस्थाका संचालक रामबहादुर गुरुङ्ग तथा प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीको उपस्थितिमा प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री बिजयकुमार यादवबाट उद्घाटन भएको हो ।

उद्घाटन समारोहमा संस्थाका नायब कार्यकारी अधिकृतसुरेन्द्र थापाले संस्थाको परिचय, समग्र अवस्था, गतिबिधि, भावीकार्य योजना तथा कम्पनीको समग्र अवस्थाका बारेमा प्रकाश पारेका थिए ।

उक्त कार्यक्रमलाई समापन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत खत्रीले संस्थाको प्रधान कार्यालय सहित ३० वटा शाखा संचालनमा रहेको र संस्थाले निर्जिवन बीमाका सम्पूर्ण सेवा सुबिधाहरु सर्वसाधारण, संघ संस्था, कलकारखानामा तथा कम्पनीहरुलाई छिटो र छरितो तरिकाले उपलब्ध गराउन यस शाखाको स्थापना गरिएको जानकारी गराए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । साबिकका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर बनेको सानिमा रिलायन्स लाइफ …

प्रतिकृया दिनुहॊस