एनआईसी एशिया बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता

काठमाडौँ ।  एनआईसी एशिया बैंक र नेपाल क्यान्सर हस्पिटल,हरिसिद्घिबिच सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपान र हस्पिटलको तर्फबाट हस्पिटलका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता पछि बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकका साथै बैंकका सम्पुर्ण ग्राहकलाई नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुटमा पाउन सक्नेछन् ।

हालसम्म बैंकले मुलुकभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदा नगर्दै आएको छ । करिब १५ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मीलाई दिइयो आयुर्वेद सम्बन्धी अभिमुखीकरण (तस्बिरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मीलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण …

प्रतिकृया दिनुहॊस