स्पर्श लघुवित्तको नाफा २०७.७५% ले बढ्याे, अन्य सूचकको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा स्पर्श लघुवित्त वित्तीय संस्थाले ६० लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २०७.७५% ले बढी हो । अघिल्लो वर्षको यही त्रैमासमा स्पर्श ५६ लाख १४ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।
चैत मसान्तसम्ममा ब्याज आम्दानी ३८३.९०% ले बढाएर २ करोड २४ लाख ६३ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष यस लघुवित्तको खुद ब्याज आम्दानी ४६ लाख ४२ हजार रुपैयाँ थियो । साथै, सञ्चालन नाफा २५०.८१% ले बढेर ८४ लाख ६७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष स्पर्श ५६ लाख १४ हजार रुपैयाँ सञ्चालन नोक्सानीमा रहेको थियो । यसै वर्ष आइपीओ जारी गरेको स्वर्शको चुक्ता पुँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।
यता, जगेडा कोष २१३.६९% ले बढाएर ६२ लाख ५३ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष लघुवित्तको जगेडा कोष ५५ लाख रुपैयाँ ऋणमा रहेको थियो । चैत मसान्तसम्म स्पर्शले १३ करोड ८८ लाख १६ हजार रुपैयाँ निक्षेप संकलन गरेर ७५ करोड ३८ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७१ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ भने १०७ रुपैयाँ ५४ पैसा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढी प्रभावित आयोजनाले १० महिनासम्म राहत नपाएकाे गुनासाे

काठमाडौं । पूर्वका बाढी प्रभावित जलविद्युत आयोजनाले लामोसमयसम्म राहत नपाएपछि संसदीय समितिमा छलफल भएको छ । बुधवार संघीय संसदको अर्थसमितिमा बाढी प्रभावित आयोजनाका प्रतिनिधि, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान), ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री, राष्ट्र बैंकका गभर्नर, ऊर्जा सचिव र राजस्व सचिवसहित छलफल भएको हो ।

प्रतिकृया दिनुहॊस