लाभांश पारित गर्न सिभिल बैंकले बोलायो दुई आवको साधारण सभा

काठमाडौं। सिभिल बैंक लिमिटेडले वैशाख २७ गते सातौं र सातौं वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले शेयरधनीहरुलाई अमृतभोग, कलिका स्थान डिल्लीबजारमा बोलाएको छ । बैंकले आव २०७३/७४ को मुनाफाबाट १० दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५४ प्रतिशत नगद लाभंश प्रस्ताव गरेको छ ।

बैंकले आव २०७४/७५ को मुनाफाबाट भने ४ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । साधारण सभामा वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने, सर्वसाधाण र संस्थापकतर्फ तीन तीन जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने विषय रहेको छ ।

बैंकले प्रबन्धपत्र तथा नियमावलिमा संशोधन गर्ने विषय

जारी पूँजी तथा चुक्तापूँजी वृद्धि गर्ने, संस्थापक शेयर विक्री वा धितोबन्धक सम्बन्धी व्यवस्था, उद्देश्य प्राप्त गर्न कामहरु संशोधन गर्न छलफल राखेको छ ।

बैंकको नियमावलीमा संशोधन गर्ने, संस्थापकले लिनुपर्ने शेयर, संंचालक समितिको गठन, संख्या तथा कार्यकाल सम्बन्धमा, स्वतन्त्र संचालक नियुक्ती, कार्याकाल तथा योग्यता सम्बन्धमा, संचालक पुनः नियुक्त हुने सक्ने वा नसक्ने सम्बन्धमा, संचालक नियुक्ती सम्बन्धी कुनै खास व्यवस्था गर्ने भए सो कुरा खुलाउने, समितिको बैठक सम्बन्धी कार्यविधि, लेखा परिक्षण सम्बन्धी व्यवस्था, कुनै खास व्यवसाय गर्ने सम्बन्धी व्यवस्थाबारे संशोधनबारे छलफल गर्ने रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबी बैंकको एघारौँ ‘हेरिटेज वाक’, सोसाइटीलाई ५ लाख सहयोग

काठमाडौँ । एनएमबी बैंकले एघारौँ ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न गरेको छ। बुधवार बैंकको बल्खु शाखाबाट …

प्रतिकृया दिनुहॊस