बेन्जिमाको गोलमा रियल मड्रिडको बराबरी

एजेन्सी । स्पेनिस ला लिग फुटबलमा रियल मड्रिडले लेगानेससंग १–१ गोलको बराबरी खेलेको छ । सोमबार राति भएको खेलमा रियलले लेगानेससंग बराबरी खेल्दै अंक बाँडेको हो ।

करिम बेन्जिमाले पछिल्ला चार खेलमा पाँच गोल गर्ने क्रममा रियलका लागि बराबरी गोल फर्काएका थिए ।

खेलमा अग्रता लेगानेसले जोनाथन सिल्भाको गोलबाट लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा सिल्भाले गोल गर्दै लेगानेसलाई अग्रता दिलाए । तर बेन्जिमाले ५१ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

पछिल्लो नतिजाले रियलले दोस्रो स्थानको एट्लेटिको मड्रिडसंग अंक दुरी घटाउने मौका गुमाएको छ । एट्लेटिकोले गत शनिबार सेल्टा डि भिगोलाई २–० गोल अन्तरले हराएको थियो । उसले तेस्रो स्थानको रियलसग ५ अंकको अग्रता लिएको थियो ।

बराबरीपछि रियलले ३२ खेलबाट ६१ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । दोस्रो स्थानको एट्लेटिकोको ६५ अंक छ । शीर्ष स्थानको बार्सिलोनाको ७४ अंक छ । लेगानेस ४१ अंक सहित तालिकाको ११ औ स्थानमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस