कंगनाले आलियासँग तुलना गरेर मेरो बेइज्जत नगर्नुस् भनेपछि आलियाले दिइन् यस्तो जवाफ

काठमाडाैँ । पछिल्लो केहि समयदेखि कंगना रनौत बलिउडका कयौं मानिससँग असन्तुष्ट छिन्। हालै उनको अभिनेत्री आलिया भटसँगको शितयुद्ध चर्चामा छ।

पछिल्ला कयौं अन्तरवार्तामा कंगनाले आलियामाथि सिधा सिधा हमला गर्ने गरेकी छन्। यसै सिलसिलामा उनी फेरि एकपटक आलियामाथि खनिएकी छन्। आलियाले पनि कंगनालाई गतिलो र सटिक जवाफ फर्काएकी छन्।

‘आलिया भट्टसँग मेरो के तुलना हुनसक्छ? ‘गल्ली व्वाई’मा पनि आलियाको अभिनय खास थिएन। यस सिनेमा पनि उनले आफ्ना अघिल्ला सिनेमामा गरेजस्तै छुच्ची केटीको भूमिका निभाएकी छिन्। आलियासँग तुलना गरेर मेरो बेइज्जत नगर्नुस्’, कंगनाले भनिन्।

कंगनाले यस्तो भनेपछि आलिया चुप बस्ने कुरै थिएन उनले पनि यसको सटिक जवाफ कंगनालाई फर्काएकी छन्।

‘म कंगनाको अभिनय र उनको नामको एकदमै इज्जत गर्छु,साथै उनको विचारको पनि। यदि कंगनालाई त्यस्तो लाग्छ भने त्यसमा पक्कै पनि केहि कारण हुनुपर्छ’, आलियाले जवाफ दिइन्, ‘ म यो टिप्पणीको ठाँउमा त्यो टिप्पणीलाई राख्न चाहन्छु जब कंगनाले राजी हेरेपछि मेरो तारिफ गरेकी थिइन। अब उनको कुरा सुनिसकेइछि म मेरो काममा बढि ध्यान दिनेछु र साथै आफ्नो कामलाई यति राम्रो गर्ने प्रयास गर्छु की उनले मेरो तारिफ गरून।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस