पीएसजीको फराकिलो हार

एजेन्सी । फ्रान्सेली लिग वानमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन पीएसजीले फराकिलो हार ब्यहोरेको छ । आईतबार राति भएको खेलमा पीएसजी दोस्रो स्थानका लिलीसंग ५–१ गोल अन्तरले हारेको हो ।

हारसंगै पीएसजीले उपाधिका लागि अझै कम्तीमा केही दिन पर्खनु पर्ने भएको छ ।

सातौ मिनेटमा थोमस म्युनिरको आत्मघाति गोलबाट लिलीले खेलमा अग्रता लिएको थियो । जुवान वर्नाटले ११ औ मिनेटमा पीएसजीका लागि बराबरी गोल फर्काए । उनै वर्नाट ३६ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि पीएसजी १० खेलाडीमा सिमित बनेको थियो ।

निकोलास पेपेले ५१ औ मिनेटमा गोल गर्दै घरेलु टोली लिलीलाई अग्रता दिलाएका थिए । जोनाथन बाम्बाले ६५ औ मिनेटमा लिलीको अग्रतालाई ३–१ को स्थितीमा पु¥याएका थिए ।

डिफेन्डर ग्योबरियलले ७१ औ मिनेट र जोसे फन्टीले ८४ औ मिनेटमा गोल गर्दै लिलीलाई फराकिलो अन्तरको जित दिलाए ।

एक हिसावले आईतबारको रात पीएसजीका लागि सुखद रहेन । केलियन एम्बाप्पेका दुई गोलले अफसाईडको मान्यता पाएका थिए भने कप्तान थिएगो सिल्भा र म्युनिरले चोट बोकेका थिए ।

शीर्ष स्थानको पीएसजीको ३१ खेलबाट ८१ अंक छ । दोस्रो स्थानको लिलीको ६४ अंक छ । पीएसजीले उपाधिका लागि आगामी बुधबार लिग वानको म्याच खेल्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस