नापोलीको जित, युभेन्ट्स उपाधिका लागि पर्खने

एजेन्सी । ईटालियन सिरि ए फुटबलमा दोस्रो स्थानको नापोलीले सहज जित निकालेको छ । आईतबार भएको खेलमा नापोलीले चिभोलाई ३–१ गोल अन्तरले हराएको हो ।

नापोलीको जितले शीर्ष स्थानको युभेन्ट्सले उपाधिका लागि अझै केही समय पर्खनुपर्ने भएको छ ।

कालीदो कौलीबलीले यस सिजनमा पहिलो पटक दुई गोल गर्ने क्रममा नापोलीलाई सहज जित दिलाए । १५ औ मिनेटमा पहिलो गोल गरेका उनले ८१ औ मिनेटमा दोस्रो गोल गरेका थिए ।

मिलिकले ६४ औ मिनेटमा नापोलीलाई ३–० को स्थितीमा पु¥याएका थिए ।

सिजरले ९० औ मिनेटमा गोल गर्दै घरेलु टोलीको हार अन्तर घटाउने प्रयास गरे ।

दोस्रो स्थानको नापोलीको ६७ अंक छ । नापोली शीर्ष स्थानको युभेन्ट्स भन्दा १७ अंकले पछाडी छ ।

चिभो तालिकाको पुछारमा रहेको छ । रेलिगेशनमा परेको चिभोले यस सिजन मात्र एक खेलमा जित निकाल्न सक्यो ।

युभेन्ट्सले च्याम्पियन्स लिग फुटबलको आगामी मंगलबार अजाक्ससंग प्रतिस्पर्धा गर्दैछ । शनिबार हुने लिग खेलमा अंक जोड्न सकेमा उसले सिरि एको उपाधिमाथि कब्जा गर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस