सुडानमा राष्ट्रपतिलाई पक्राउ गरी सैन्य शासन लागू गरिएको विरोधमा प्रदर्शन

सुडान । तीन दशकदेखि सत्तामा रहेका राष्ट्रपति ओमर अल बसिरलाई पक्राउ गरी सैन्य शासन लागू गरिएको विरोधमा सुडानमा हजारौंले प्रदर्शन गरेका छन् । सेनाले शक्ति हातमा लिँदै राष्ट्रपति बसिरलाई पक्राउ गरेपछि हजारौं सुडानी प्रदर्शनमा उत्रिएका हुन् ।

राष्ट्रपति ओमरको विरोधमा महिनौंदेखि प्रदर्शन गर्दै आएकाहरुले सैन्य शासन पनि ओमरको शासनभन्दा फरक नहुने भन्दै प्रदर्शन गरेका हुन् । हजारौं प्रदर्शनकारीले राजधानी खार्तुमसहितका ठाउँमा प्रदर्शन गरेका हुन् ।

नयाँ सैन्य काउन्सिलले लगाएको कर्फ्यु तोड्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । प्रजातान्त्रिक शासनको ग्यारेन्टी नभएसम्म सडकमै बस्ने चेतावनी प्रदर्शनकारीहरुले गरेका छन् ।

सैन्य काउन्सिल पनि ओमरकै शासन सत्ताभित्रै रहेकाले त्यसको विरोध गरिएको प्रदर्शनकारीले बताएका छन् ।

सैन्य ‘कू’पछि सुरु भएको नयाँ विरोध प्रदर्शनले सेना र प्रदर्शनकारीबीच हिंसात्मक झडप हुने खतरा बढाएको छ । यस्तै, सुरक्षा निकायबीचमै हिंसा हुन सक्ने खतरा पनि रहेको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघ र अफ्रिकी संघले संयमित हुन आह्वान गरेका छन् । (एजेन्सी)

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस