लक्ष्मी बैंक ११ औं माउन्टेन साइकल र्यालि सम्पन्न

काठमाडौं । लक्ष्मी बैंकको “गो ग्रिन” तथा नेपाल पर्यटन वोर्डको “भिजिट नेपाल २०२०” अभियानलाई प्रवर्धन गर्ने उद्देश्यले माउन्टेन साइकल र्यालि सम्पन्न भएको छ ।

र्यालि पोखरा औद्योगिक क्षेत्रबाट प्रारभ्भ भई वाटरफ्रन्ट रिसोर्टसम्मको १३ किलोमिटरसम्म भएको थियो । उक्त साइकल र्यालीको प्रायोजकका रुपमा लक्ष्मी बैंक तथा सहप्रायोजकका रुपमा प्राइमलाईफ इन्स्युुरेन्स तथा रेडबुल रहेका थिए ।

कार्यक्रमको सहयोगी संस्थाका रुपमा जेन्टस् पार्क, टेरामोटर्स, यति एयरलाइन्स, डाबर नेपाल तथा सिविक हस्पिटल रहेका थिए । साइकल यात्रा मुक्ति एण्ड रिभाइबलको लाइभ कन्सर्ट एवं साइकल स्टन्ट, स्थानीय झाकी तथा अन्य थुप्रै आकर्षक कार्यक्रमहरुका साथ सम्पन्न भएको थियो ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस