सरुवा रोगबाट बच्न यसो गर्नुस्

काठमाडौँ । दूषित पानी र फोहोर खानपानले टाइफाइड, जन्डिस, झाडापखालाजस्ता रोग लाग्न सक्छ । त्यसैले, खानपानमा विशेष ध्यान दिनुपर्छ ।

-साबुनपानीले हात धोएर मात्र खानेकुरा खाने गर्नुपर्छ ।

-सधैँ उमालेको शुद्ध पानी मात्र पिउने गर्नुपर्छ । बासी खानेकुरा खानुहुँदैन ।

-घरबाहिरबाट आएपछि र शौचालय गएपछि साबुनपानीले राम्ररी हातखुट्टा धुने बानी बसाल्नुपर्छ ।

-सडककिनारामा अव्यवस्थित रूपमा बनाइएका खाना खानुहुँदैन ।

-झिँगा भन्केका खानेकुरा खानाले चाँडै रोगको संक्रमण गराउँछ । त्यसैले, यसबाट सचेत रहनुपर्छ ।

-काँचो मासु र राम्ररी नपाकेको खानेकुरा खान हुँदैन ।

-फलफूललाई सफा पानीले धोएर खाने गर्नुपर्छ ।

-खानेकुरालाई राम्ररी छोपेर राख्नुपर्छ ।

-सकेसम्म ताजा खाना खाने बानी बसाल्नुपर्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस