भाजपाको र्‍यालीमा माओवादी आक्रमण : विधायकसहित पाँचको मृत्यु

काठमाडाैं – भारतको छत्तीसगढ राज्यको एउटा चुनावी र्‍यालीमा भएको हमलामा कम्तिमा पाँचजना मारिएका छन् ।

छत्तीसगढका डीआईजी पी सुंदरराजले बताएअनुसार आक्रमणमा सत्तारूढ भारतीय जनता पार्टीका दन्तेवाडाका विधायक भीमा मंडावी, उनका चालक र तीनजना सुरक्षाकर्मी मारिएका छन् ।

एक स्थानीय अधिकारीका अनुसार त्यहाँको साप्ताहिक बजारमा विधायक मंडावी चुनाव प्रचारका लागि पुगेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले एक ट्वीट गर्दै घटनाको भर्सना गरेका छन् ।

त्यहाँको दन्तेवाडा-सुकमा सडकमा भएको हमलामा र्‍यालीमा रहेको बुलेटप्रुफ गाडीमा ठूलो क्षति पुगेको देखिएको त्यहाँस्थित बीबीसी सम्वाददाताले जनाएका छन् । उक्त गाडी उछिट्टिएर दुई सय मिटर पर पुगेको थियो ।

खनिज पदार्थको धनी राज्य छत्तीसगढले तीन दशकयता माओवादी सशस्त्र द्वन्द्व झेलिरहेको छ । त्यहाँ बारम्बार सुरक्षाकर्मीमाथि हमला हुनेगरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख …

प्रतिकृया दिनुहॊस