युट्युबमा ‘अमेरिकन बाबु मेड इन नेपाल’

काठमाडौं । नायिका नन्दिता केसीको पछिल्लो चलचित्र अमेरिकन बाबु मेड इन नेपाल सार्वजनिक गरिएको छ ।

अमेरिकामा निर्माण गरिएको चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’ युट्युब रिलिज गरिएको हो । चलचित्रका निर्देशक तथा निर्माता बाहिर रहेको र नेपालमा बितरक तथा हलसँग बारम्बार ताकेता गर्न नसकेको कारण फिल्म ड्रिम्स गेट नेपालको अफिसियल युट्युब च्यानलमा रिलिज गरिएको निर्देशक ईश्वर थापाले जानकारी दिए ।

ड्रिम्स गेट नेपालको व्यानरमा निर्माण गरिएको चलचित्रले लगानीको ८० प्रतिशत यूएसए र क्यानडा बाट उठाइसकेको छ ।

बाबु बोगटी, नन्दिता केसी , स्मृति पोखरेल, एहशान ढकाल, राजेश गुरुङ, क्रिस थापा, अन्जली लामा, प्रवेश उप्रेती पल, प्रियंका आएर, रघु गिरी, जंगबु शेर्पा, सुरेन्द्र बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र राजेश गुरुङ, मन्जु राना र सम्झना उप्रेतिले निर्माण गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस