जलविद्युतको शेयरमा लगानीकर्ताको उत्साह बढ्दै, युनियनको आईपीओ तीन दिनमा ४९% बिक्यो

काठमाडौं । प्राथमिक बजारमा धितोपत्र सार्वजनिक निष्कासनमा जलविद्युत क्षेत्रका कम्पनीको शेयरमा लगानीकर्ताको उत्साह बढ्दै गएको छ । पछिल्लो समय जारी भएको जलविद्युत क्षेत्रका कम्पनीको शेयरमा परेको आवेदनलाई हेर्दा यसप्रति लगानीकर्ता आकर्षित हुँदै गएको देखिन्छ । केही समय अघि बजारमा जारी भएका जलविद्युत क्षेत्रका अपर तामाकोशी र त्रिशूली जलविद्युत बाहेक अन्य कम्पनीको शेयरमा सर्वसाधारणको आकर्षक कम देखिएको थियो ।

पछिल्लो समय चैत ७ गतेदेखि जनताको जलविद्युत कार्यक्रम अन्तर्गत पहिलो पटक जारी भएको त्रिशूली जलविद्युत कम्पनीको आईपीओमा छिटो अवधिमै १७ गुणा बढी आवेदन परेको थियो । त्यस लगत्तै चैत १३ गतेदेखि जारी भएको युनियन हाइड्रो पावर कम्पनीको शेयरमा पनि तीन दिनमा लगानीकर्ताहरुको उत्साहजनक सहभागीता देखिएको छ । शुक्रवार २ बजेसम्म यूनियनको ४९ प्रतिशत आईपीओ खरीको आवेदन परेको छ । विक्री प्रबन्धक लक्ष्मी क्यापिटलले दिएको जानकारी अनुसार यस आईपीओमा २६ हजार जना आवेदकले १७ करोड रूपैयाँ बराबरको १७ लाख कित्ता शेयर खरीदको माग गर्दै आवेदन दिएका छन् ।

कम्पनीले कुल ३५ लाख ३४ हजार ३४० कित्तामध्ये ७० हजार ६८६ कित्ता कर्मचारीहरुलाई सुरक्षित गरी बाँकी ३४ लाख ६३ हजार ६५४ कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गरेको हो । यस आईपीओमा चैत १७ गतेभित्र तोके बमोजिम आवेदन परे १८ देखि विक्री बन्द हुनेछ भने यस अवधिमा तोके बमोजिम आवेदन नपरे ढिलोमा वैशाख १२ गतेसम्म विक्री खुला हुनेछ ।

यसअघि स्थानियले समेत आकर्षण नदेखाएको यस आईपीओमा सर्वसाधारणको सहभागीतालाई भने उत्साहजनक भन्न सकिन्छ । कम्पनीले सर्वसाधारणलाई जारी गर्नुअघि आयोजना प्रभावित लमजुङ जिल्लाका स्थानियका लागि ७ करोड ५० लाख रूपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता शेयर विक्री खुला गरेको थियो ।

त्यस अवधिमा स्थानियको तर्फबाट १ लाख २८ हजार २१९ कित्ताको लागि मात्र आवेदन परेको थियो । कम्पनीले स्थानियलाई विक्री गर्न नसकेको ६ लाख २१ हजार ७९० कित्ता समेत थप गरी कम्पनीले सर्वसाधारणलाई शेयर जारी गरको हो । शेयर खरीद गर्दा न्यूनतम ५० कित्तादेखि अधिकतम ३५ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंका मुख्य स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल …

प्रतिकृया दिनुहॊस