काठमाडौं । युनियन हाइड्रोपावरले आज (चैत १३) देखि साधारण शेयरको सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३४ लाख ६३ हजार ६५४ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
न्युनतम ५० कित्ता देखि ३५ हजार कित्ता सम्म आवेदन दिन सकिनेछ । यसमा आवदेन दिने म्याद चैत गतेसम्म १७ हुनेछ । सो अवधिमा सबै बिक्री नभएमा बैशाख १२ गतेसम्म भर्न पाइनेछ ।
युनियनले लमजुङ जिल्लाका आयोजना प्रभावितलाई ७ लाख ५० हजार कित्ता आइपीओ खुलेकोमा १ लाख २८ हजार २१९ कित्ताको लागिमात्र आवेदन परेको थियो ।
उक्त समयमा नबिकेको ६ लाख २१ हजार ७९० कित्ता समेतलाई जोडर ३४ लाख ६३ हजार ६५४ कित्ता सेयर आइपीओ बिक्री गर्न लागेको हो ।
यसमा कर्मचारीहरुई २% अर्थात ७० हजार ६८६ कित्ता सुरक्षित गरिएको छ । यस आइपीओमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गरेको छ ।
युनियनको जारी पुँजी ७५ करोड रुपैयाँ छ । इक्रा नेपालले यो आइपीओलाई कमजोर आधार जनाउने ग्रेड ५ रेटिङ दिएको छ ।
यस परियोजनाको विद्युत उत्पादन अनुमति पत्र बाँकी अवधि २९ वर्ष रहेको छ । लगानी फिर्ता हुन १०.६१ वर्ष लाग्नेछ । डिस्काउन्टेड पे ब्याक अवधि २३.२३ वर्ष रहेको छ ।
प्रतिकृया दिनुहॊस