खिम्तिबाट १९ मेवागाट बिजुली निकाल्न हिमालय ऊर्जाले माग्यो १४ लाख ८५ हजार कित्ताको आईपीओ

काठमाडौं । रामेछाप र दोलखा जिल्लाको सीमा भएर बहने खिम्ति खोलामा उपल्लो खिम्ति १२ मेगावाट र ७ मेगावाटको खिम्ति जलविद्युत गरी कुल १९ मेगावाटको बिजुली उत्पादन गरिरहेको हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले १४ लाख ८५ हजार कित्ता शेयरको लागि आइपीओ निष्कासन गरेको छ ।

यो कम्पनीले ९९ करोडको चुक्ता पुँजीको १५ प्रतिशत अर्थात १४ करोड ८५ लाख रुपैयाँ बराबरको रमका संकलनका लागि एक सय रुपैयाँ अंकित साधारण शेयर जारी गरहेको हो ।

यस्तो शेयरमा ४४ हजार ५५० कित्ता अर्थात ३ प्रतिशत शेयर कर्मचारीलाई र ७४ हजार २५० कित्ता अर्थाता अर्को ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको यसको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जानकारी दिएको छ ।

यसको शेयर आवेदन प्रति कित्ता १ सय रुपैयाँका दरले यही चैत २० देखि छिटोमा २५ गतेभित्र र ढिलोमा बैशाख १९ भित्रमा आवेदन दिइसक्नुपर्ने छ । यसको शेयर आवेदनका लागि न्युनतम ५० कित्ता र अधिकतम ६५ कित्ताको निम्ति सर्वसाधारणबाट आवेदन माग गरेको कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस