नेपाल बैंकको नयाँ शाखा धादिङवेसीमा

काठमाडौँ ।  नेपाल बैङ्कले  धादिङ जिल्लाको धादिङवेसीमा नयाँ शाखा स्थापना गरेको छ ।उक्त  शाखाको उद्घाटन नेपाल बैकका  संचालक समितिका अध्यक्ष वासुदेव अधिकारी र नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले संयुक्त रुपमा उद्घाटन गरे ।

 

बैंकको १६० औँ शाखाको रुपमा स्थापित उक्त शाखाको समुद्घाटन समारोहमा विशिष्ट अतिथिहरु पूर्व सांसद रामनाथ अधिकारी, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, जिल्ला समन्वय समितिका अध्यक्ष जगन्नाथ नेपाल, अतिथिहरु नीलकण्ठ नगरपालिकाका प्रवक्ता गौतमहरि अधिकारी, वडा नं ३ का अध्यक्ष होमनाथ रिजाल, नेउवासंघ धादिंगका पूर्व अध्यक्ष तथा व्यवसायी ध्रुव थापा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य गरेका थिए ।

नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेकोका कार्य बैंकका शाखा प्रवन्धक गुणनिधि श्रेष्ठ, नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगाना, प्रहरी प्रमुख राजकुमार वैदवार, नेपाली सेनाका गणपति, सशस्त्र प्रहरी प्रमुखको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा जिल्लाका विभिन्न कार्यालय तथा वित्तीय संस्थाका प्रमुखहरु, उद्यमी व्यापारी तथा स्थानीय सर्वसाधारणको उपस्थिति थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस