‘राजु मास्टर’ र ‘बल्छी धुर्वे’ले छोडे मेरी बास्सै

काठमाडाैँ । नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्वे) र राजु पौडेल (राजु मास्टर) अलग भएका छन् ।

मरिचमान श्रेष्ठले आफ्नो फेसबुकमा स्टाटस लेख्दै मेरी बास्सैबाट अलग भएको घोषणा गरेका हुन् । स्टाटसमा मरिचमानले कार्यक्रम उत्पादक मिडिया हबसँग विविध विषयमा सहमति नभएपछि अलग हुने निर्णय गरेको बताएका छन् । मरिचमान श्रेष्ठ र राजु पौडेलले नै मेरी बास्सैको लेखन तथा निर्देशन गर्दै आएका थिए ।

‘हामी मेरी बास्सैसँगै अन्य केही प्रोजेक्टको तयारीमा थियौँ । मिडिया हबका प्रमुख सोम धितालले ‘मेरी बास्सै’मा मात्रै केन्द्रित हुनुस, कि छोड्नुस भन्नुभयो । हामीले छाड्ने निर्णय लियौँ’ गफगाफसँग कुरा गर्दै राजु पौडेलले भने ।

मिडिया हबका प्रमुख सोम धितालले सहमतिमै उनीहरु अलग भएको बताएका छन् । ‘कुनै कलाकारले छोड्दैमा कार्यक्रम बन्द हुँदैन । हामी अरु कसैलाई जिम्मेवारी दिएर पनि यसलाई निरन्तरता दिन्छौँ’ मिडिया हबका प्रमुख धितालले भन्नुभयो ।

यसअघि मिडिया हबले समयमा पैसा नदिँदा बारम्बार हास्य टेलिश्रृंखलाहरु अवरुद्ध हुने र कलाकारहरुले छोड्ने गरेका थिए । तर अहिले भने पैसाका कारण नभएको कलाकार राजु पौडेल बताउँछन् ।

मेरी बास्सैको सुरुवात सीताराम कट्टेल (धुर्मुस) र केदार घिमिरे (माग्ने बुढा) ले गरेका थिए । उनीहरुले छोडेपछि मेरी बास्सैको लेखन तथा निर्देशनको जिम्मा राजु मास्टर र बल्छी धुर्वेले पाएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस