आजदेखि तीन दिनसम्म वर्षा, उच्च पहाडी भागमा हिमपातको सम्भावना

काठमाडाैँ । आजदेखि बुधबारसम्म पानी पर्ने र  हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विमागले पूर्वानुमान गरेको छ । मेडिटेरानियन सीबाट नेपाल आएको जलवाष्पयुत्त हावाका कारण सोमबार पश्चिमी क्षेत्रमा, मंगलबार देशभरी र बुधबार पूर्वी क्षेत्रमा वर्षा हुने मौसमविद गंगा नगरकोटीले रातोपाटीलाई जानकारी दिइन् ।

आज देशको पश्चिमी भूभागमा र अन्य पहाडी भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहि बाँकी भूभागहरुमा आंशिक बदली रहने र पश्चिमी भेगका केही स्थान, अन्य  पहाडी भेगका केही स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ ।  यस्तै पश्चिमी उच्च पहाडी र हिमाली भेगका केहि  स्थानहरुमा र मध्य र पूर्वी  उच्च पहाडी र हिमाली भेगका थोरै  स्थानहरुमा हल्कादेखि मध्यम  हिमपातको सम्भावना छ ।

निरन्तर झरी पर्ने नभई वर्षा हुने र रोकिने क्रम हुने, हावाहुरी सहित पानी पर्ने संभावना  रहेको मौसमविद नगरकोटीको भनाई छ । आज राती पनि देशको पहाडी भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहने र पश्चिमी भेगका केहि  स्थान तथा अन्य  पहाडी भेगका थोरै  स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना रहेको विभागले जनाएको छ ।

भोलि पनि देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रहि पहाडी भूभागहरूमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ । उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हिमपातको सम्भावना छ । राती पनि देशको पहाडी भेगका केही स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ । उच्च हिमाली भेगका थोरै स्थानहरुमा हिमपातको सम्भावना छ ।

पर्सी बुधबार पनि देशको पूर्वी भेगका थोरै स्थानहरुमा र अन्य  पहाडी भेगका केही स्थानमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ ।  पूर्वी  उच्च पहाडी र हिमाली भेगका केहि  स्थानहरुमा र मध्य र पश्चिमी  उच्च पहाडी र हिमाली भेगका केही स्थानहरुमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख …

प्रतिकृया दिनुहॊस