ट्रम्पको चुनावी अभियानले रुससँग कुनै साँठगाँठ नगरेको निष्कर्ष

काठमाडौं । अमेरिकाका विशेष काउन्सिल रोबर्ट मुलरको टोलीले सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानले रुससँग कुनै साँठगाँठ नगरेको निष्कर्ष निकालेको छ ।

मुलरको टोलीले २२ महिना लगाएर गरेको अनुसन्धानमा राष्ट्रपति ट्रम्पको चुनावी अभियानले रुससँग कुनै साँठगाँठ नगरेको निष्कर्ष निकालेको हो ।

मुलरले तयार पारेको प्रतिवेदनको सार अमेरिकी संसद्समक्ष पुगेको छ । यसअघि मुलरले आफ्नो प्रतिवेदन अमेरिकी महान्यायाधिवक्ता विलियम बारलाई हस्तान्तरण गरेका थिए ।

महान्यायाधिवक्ता विलियमले त्यसको सार अमेरिकी संसद्समक्ष बुझाएका हुन् ।

संसद्मा बुझाइएको प्रतिवेदनमा राष्ट्रपति ट्रम्पले न्यायिक प्रक्रियामा अवैध तरिकाले बाधा पुर्‍याएको बारेमा भने केही उल्लेख गरिएको छैन ।

महान्यायाधिवक्ता विलियमले भने न्यायिक प्रक्रियामा हस्तक्षेप गरेको बारे पर्याप्त प्रमाण नभेटिएको बताए ।

यो प्रतिवेदन सार्वजनिक भएपछि राष्ट्रपति ट्रम्प निकै उत्साहित भएका छन् ।

उनले ट्वीट गर्दै कुनै मिलेमतो नभएको, कुनै बाधा नरहेको र आफू सम्पूर्ण आरोपबाट मुक्त भएको बताएका छन् ।(एजेन्सी)

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस