सिद्धार्थ बैंकबाट महालक्ष्मीको बीमा सेवा पाइने

काठमाडौं । सिद्धार्थ बैंक लि. र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. बीच बीमा सेवा दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा सिद्घार्थ बैंक लि. को तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को तर्फबाट सहायक महाप्रबन्धक सपना खरेलले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सिद्धार्थ बैंक लि. ले देश भर रहेका आफ्ना १४६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. को जीवनबीमा योजनाहरु बिक्री गर्नेछ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिकगर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाण्डौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत र दाङ्गबाट कारोबार प्रारम्भ गरिसकेको छ र यहि चैत्र महिनाभित्र काठमाण्डौं उपत्यकाका १० स्थानबाट कारोबार संचालनको तयारी गरिरहेको कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस