भक्तपुर सिपाडोलका भट्टराई खत्रीका युवाहरुलाई खली खुवाइयो

भक्तपुर । सामान्य आगोको राप खेप्न त साह्रै पिडा हुन्छ । आगोको भर्भराउदो भूग्रोमाथि नाच्दै उफ्रन को सक्छ ? तर केहि युवाहरु आगोको भुंग्रोमा नाँचे भन्दा तपाईहरुलाई आश्चर्य लाग्न सक्छ ।

तर राजधानी नजिक रहेको सुर्र्यबिनायक नगरपालिका वडा ८ सिपाडोलस्थित बैरिखेलमा भट्टराई खत्रीको वशिष्ठ गोत्रका २३ युवाहरुले यसरी नै आगोको भर्भराउदो भूग्रोमाथि नाचेर सबैलाई आश्चर्य चर्कित बनाएका छन् । यसरी नाचेको दृश्य हेर्न यस क्षेत्रका बासिन्दाहरुले नडराईकन हेरेका थिए ।
एक सय आठ भारी दाउराको भर्भराउदो भूग्रोमाथि एक दर्जन युवाहरुले नाचेर सबैलाई चकित तुल्याएका छन् । भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा ८ सिपाडोल स्थित बैरिखेलमा भट्टराई खत्रीको वशिष्ठ गोत्रहरुका परम्परादेखि आएको यो कामलाई खली खाने भन्दछन् । गाउँका सबै युवाहरुलाई एकै थलोमा जम्मा गरि महिनौ लगाएर तान्त्रिक बिधिबाट कामेका डाग्रेहरुलाई मात्रै भर्भराउँदो आगोमा नचाएर खली खुवाईने गरिन्छ ।

लडेर, डुबेर, डडेर, विषसेवन वा अकालमा ज्यान गुमाएका आत्माको चिर शान्ति र बाँकी जिवीत रहेका सन्ततीहरुको सुख र समृद्धिका लागि भन्दै खली खुवाईने गरेको स्थानीयहरु बताउँछन् ।

भर्भराउदो भूग्रोमाथि नाचेर खली खाई भट्टराई खत्रीका कुलायन पुजामा सहभागी बनेका कलिला डाग्रेहरुले आफूहरुलाई पहिले सुरुमा डर लागेपनि मज्जाले आगोमा नाच्न सकेको बताउँछन् ।

एक महिनादेखि पुजा र ध्यानमा बसेपछि साईत जुराएर खलीको लागि युवाहरुलाई तयार गरिन्छ । खली खुवाउने दिन बेलुका डाँग्रेहरुलाई तयार पारी १ सय ८ भारी दाउरा बालेर बनेको भुंग्रोमा नाच्न लगाइन्छ ।

नाच्दा सबै भुंग्रोलाई खरानीमा परिणत गर्नुपर्छ । खरानी नबन्दासम्म डाँग्रेहरु र गुरुहरु भुंग्रामा नाचिरहन्छन । जव खरानी हुन्छ अनि विभिन्न नाममा थापिएको देवि देवतालाई बली दिईन्छ ।

बली पश्चात डाँग्रेहरुलाई बत्ती खुवाईन्छ र खली खुवाउने कार्यक्रम समाप्त हुन्छ । मुलुकका बिरलै स्थानमा गरिने यो प्रचलन प्रति पढे लेखेका नागरिक पनि बिश्वास गर्न बाध्य छन् । आगोको भर्भराउदो भुग्रोमाथि नाच्न सक्ने डाड्ग्रेहरुको चर्तिकलाले सबैलाई बिश्वास गर्न करै लगाएको छ ।
उनीहरुले आगोको राप अर्थात कोइलामा खाली खुट्टाले टेकेर आगो पूर्ण रुपमा निभाएपछि वायू आएको मानिन्छ । वायु उर्ताने गुरु धर्मेन्द्र विष्र्टले यो परम्परा विगतदेखि नै चल्दै आएको बताए ।

उनले कुलभित्रका कोही ब्यक्तिले आत्महत्या वा अकालमा मृत्यु भएको खण्डमा कुलभित्र अशान्ति हुने र यसो गरेको खण्डमा कुलका सबैलाई शान्ति मिल्ने बताए ।
त्यस्तै सोही कुलका पुराना धामी कुमाल भट्टराई खत्रीले नयाँ बायु निकालेपछि गोत्रभित्रका परिवारका सदस्यतमा शान्ति मिल्ने भएकाले यस्तो गर्नुपरेको बताए ।

गोत्रभित्र धेरैलाई काम्ने, छोप्ने समस्या आएको र जुनसुकै उपचार गरेपनि निको नभएको कारण यो समस्या कुल रिसाएकै कारण भएकाले खली हालेर शान्ति मिल्ने भएकाले समेत खली परम्पराले निरन्तरता पाएको बताए ।

परम्परातको निरन्तरता र भावी पिडिलाई जानकारी दिने माध्यम समेत बनेको भन्दै उनले भने खली परम्पराले कुल गोत्रमा शान्तिको वातावरण बनाउनुका साथै सौहार्दता समेत काय गर्न मदत पुगेको बताए ।

आगोको भुग्रोमा खाली खुट्टाले नाच्ने काम सामान्य नभएता पनि दैविक शक्तिकै कारण धामीहरुका लागि यो सम्भब रहेको अर्का धामी युवराज भट्टर्राइ खत्रीले बताए ।

२१ औं शताब्दीका मान्छे विज्ञानमा विश्वास गर्छन् । तर, कतिपय चलनले भने विज्ञानलाई नै चुनौती दिइरहेका छन् । जुन कुरा झट्ट सुन्दा र हेर्दा विश्वास गर्न गाह्रो पर्छ तर यथार्थमा समाजमा चलिरहेको छ । यसैमध्येको नेपाली समाजमा रहेको एउटा परम्परा खली खाने हो ।

मोहन सिपाडोल

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौँ । जाजरकोट, जुनिचाँदे गाउँपालिका–६ रामेलास्थित सडकमा भे.२ त ५२७ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटना …

प्रतिकृया दिनुहॊस