चिकित्सक भन्छन् : “खाना खानेबित्तिकै यी काम गरे स्वास्थ्यमा खतरा”

काठमाडाैँ । आम मानिस खाना खानुलाई खाने काम सक्नु हो जस्तो मात्र ठान्छन् । अरु बेला आआफ्ना पेशा व्यवसाय अनुसारका व्यस्तता सबैका हुन्छन् तर खानेबेलामा सबै कुरा बिर्सेर आरामसँग खाने पिउने अनि विश्रामपछि मात्र काममा लाग्ने हो । तर मानिसहरुको स्वभाव नजिकबाट नियाल्दा यस्तो देखिन्छ कि उ अरु कुरा आरामसँग गरेर हतारमा खानपिन गरिरहेको छ । कतिपयको बानी त कस्तोसम्म देखिन्छ भने उ यसरी खाईपिई रहेको छ कि उसको गाडी छुट्नै लागेको छ ।

यसरी हतारमा खाना खाने मानिसलाई कुन खानाको स्वाद कस्तो थियो भनेर कसैले सोधिहालेमा सायद नै उसले सही जवाफ दिनसक्ला । खाना खाँदाको यस्तो बानीले शारीरिक स्वास्थ्यमा कस्तो नकारात्मक असर परिरहेको छ भन्ने एउटा पक्ष छ भने खाना खानेबित्तिकै आराम नगरेर तत्कालै अरु के के अम्मल र बानीमा रमाउनाले त झनै हानी गर्छ भन्ने पनि धेरैलाई थाहा भएको जस्तो लाग्दैन ।

   योग र आध्यात्मका जानकार मानिसहरु विशेष गरेर खानापान सकेपछि केहीबेर बज्राशनमा बस्छन् जसले खाना पचाउन र मष्तिष्कमा सन्तुलित रक्तप्रवाहमा समेत राम्रो प्रभाप पर्ने उनीहरुको अनुुभव सुनिन्छ ।

  स्वास्थ्य विशेषज्ञहरू पनि खाना खाएपछि केहीबेर आराम गर्नुपर्ने सल्लाह दिन्छन् । खाना खानेबित्तिकै पेटलाई असर पर्ने काम गरियो भने पाचन प्रक्रियामा नकारात्मक असर पर्छ भन्ने उनीहरुको सुझाव छ। उनीहरुले खाना खानेबित्तिकै आराम नगर्ने मानिसको स्वास्थ्यहितका लागि केही उपाय अपनाउन सुझाएका छन् । ती यस्ता छन्:

 ब्रश नगर्नु – खाना खानेबित्तिकै ब्रश गर्नु हुँदैन । यदि तपाईंले अमिलो हुने फल खानुभएको छ भने ब्रश गर्नाले दाँतको बाहिरी पत्र (इनामल) बाहिर निस्कन्छ । यसले गर्दा दाँतमा दीर्घकालीन समस्या हुनसक्छ ।

धेरै पानी नपिउने – खानेबित्तिकै धेरै पानी पिउनु हुँदैन । यसो गर्नाले पाचनक्रिया कमजोर बन्छ । साथै,  ग्याष्ट्रिक, अजीर्णलगायत पेटको समस्यासमेत निम्तन्छ ।

धूमपान – धूमपान हानिकारक हो भन्ने सबैलाई थाहा नै छ । तर, खाना खाएलगत्तै धूमपान गर्दा स्वास्थ्यमा अन्य बेलाको भन्दा बढी हानि पुग्छ । खानापछि शरीरको रक्त सञ्चार छिटोछिटो हुन्छ । यस्तो बेला धूमपान गर्दा धूवाँले फोक्सो तथा किड्नीमा तीव्र खराबी ल्याउँछ ।

हिँड्ने – खाना खानेबित्तिकै हिँड्न निस्कँदा खानाबाट प्राप्त हुने पोषणतत्व राम्रोसँग हाम्रो शरीरले लिन पाउँदैन । यसो गर्दा पाचन प्रणालीले समेत राम्ररी काम गर्न सक्दैन ।

ड्राइभिङ – खाना खाएपछि दिमागलाई केही बोझ पर्छ । खाना खानेबित्तिकै आफ्नो सबै ध्यान ड्राइभिङमा लगाउँदा खाना पचाउने क्रियामा दिमागको सहयोग पुग्न सक्दैन, जसकारण पेटसम्बन्धी समस्या हुन्छ ।

सुत्ने – खाना खानेबित्तिकै सुत्ने गर्नाले पाचनसम्बन्धी रोग लाग्न सक्छ । खाना खाएको कम्तीमा ३० मिनेटपछि सुत्नु स्वास्थ्यको दृष्टिकोणले उचित हो ।

चिया सेवन – चियामा एसिड पाइन्छ, जसले खानामा हुने प्रोटिन शरीरमा पच्न दिँदैन । साथै, यसले समयमै खाना पच्ने प्रक्रिया ढिलो गराउँछ ।

नुहाउने – खाना खानेबित्तिकै नुहाउँदा हात, खुट्टा तथा शरीरको रक्त प्रवाह पेटको आसपास बढ्ने र घट्ने हुन्छ । यसबाट पाचन क्रिया सुस्त भई बिरामी पर्ने सम्भावना बढ्छ ।

जिम – यदि खानेबित्तिकै जिम जानुभयो भने शरीरको मेटाबोलिज्म कम भई खाएको कुरा राम्रोसँग पच्दैन । खाना खाएगलत्तै शारीरिक कसरत गर्न असहज पनि हुन्छ ।

फलफूल सेवन – अन्य बेला फलफूल सेवन गर्नु अति नै राम्रो हो । फलफूल बहुगुणयुक्त खानेकुरा मानिन्छ । तर, खाना खानेबित्तिकै फलफूलको सेवनचाहिँ स्वास्थ्यवद्र्धक हुँदैन । यसो गर्दा ग्यास बढेर पेट फुल्न सक्छ । त्यसैले, खाना खाएको कम्तीमा आधा घण्टापछि मात्र फलफूल खाने गर्नुपर्छ।

पौडी – खाना खानुभन्दा पहिले पौडनु राम्रो हो । खाना खानेबित्तिकै पौडिँदा पाचनक्रिया बिग्रन्छ । यस्तो गर्नाले मुखमा अमिलो पानी निस्कन सक्छ ।

भर्याङ नचढ्ने – खाना खानेबित्तिकै भर्याङ चढ्नु हुँदैन । यसो गर्दा खाना पचाउने जुसको असन्तुलित स्राव हुन्छ, जसबाट ग्याष्ट्रिकलगायत समस्या बढ्छ ।

पुस्तक नपढ्नु – खाना खाईसक्ने बित्तिकै कुनैपनि पुस्तक या पत्रपत्रिका पनि पढ्नु हानीकारक नै मानिन्छ । खाने बित्तिकै रक्तसंचार सही ठाउँमा बसिनसकी शरीर र मष्तिष्कमा बोझ पर्ने काम नगर्न विज्ञहरुले सुझाएका छन् । (स्वास्थ्य सम्बन्धी विभिन्न स्रोतबाट अनुवादित।)

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कसरी रहने स्वास्थ्य ? सिकाउँदै ‘भान्साघर औषधालय’ कार्यक्रम (तस्वीरहरु)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले स्वास्थ्य रहन अपनाउनुपर्ने उपायबारे जनचेतना प्रदान गरिरहेको छ …

प्रतिकृया दिनुहॊस