फाइल फोटो

गोठमा आगो लाग्दा दुई बालिकाको मृत्यु

काठमाडाैँ । सिरहाको चुरे क्षेत्रमा पर्ने धनगढीमाई नगरपालिका– १४ मा गोठमा आगो लाग्दा दुई बालिकाको मृत्यु भएको छ। स्थानीय दिपक धमलाको गोठमा शनिबार दिउँसो आगो लाग्दा उनकी ६ वर्षीया छोरी दीक्षा र छिमेकी रितराज पोखरेलकी सात वर्षीया छोरी नितुको मृत्यु भएको हो।

घर नजिकै रहेको गोठमा दुई बालिका खेलीरहेको बेला आगलागी हुँदा घटना भएको धनगढीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरीले जानकारी दिए। गोठमा आगो लाग्नुको कारण खुल्न सकेको छैन।

ओगो स्थानीयले नियन्त्रणमा लिएका छन्। आगो निभाएपछि दुई बालिकाको खोजी भएको थियो। पछि डढेको अबस्थामा उनीहरुको शव भेटिएको चौधरीले बताए।

मेयर चौधरीले घटनास्थलमा पुगेर मृतक परिवारलाई राहतस्वरुप पाँच–पाँच हजार रुपैयाँ सहयोग गरेका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राति साढे ३ बजे बेहुली घरका लागि छुटेको बस सडक भासिएर भीरमा खसेको थियो

काठमाडौं । सिन्धुपाल्चोकमा भएकाे बस दुर्घटनामा परी मृत्यु भएका तीन जनाकाे पहिचान खुलेकाे छ । …

प्रतिकृया दिनुहॊस