कति छ आज अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ ?

काठमाडौं । आज साताको पहिलो दिन आइतबार अमेरिकी डलरसहित केहि विदेशी मुद्राको भाउ घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिददर ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६३ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २९ रुपैयाँ ५० पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा तोकिएको छ ।आइतबारका लागि यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३० रुपैयाँ १२ पैसा तोकिएको छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०७ पैसा र बिक्रीदर २७ रुपैयाँ २२ पैसा तोकिएको छ ।

यस्तै आज कुवेती दिनार १ को खरिददर ३६२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ६३ पैसा तोकिएको छ । आइतबार बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ८५ पैसा र बिक्रीदर २९३ रुपैयाँ ४४ पैसा छ । यसैगरी कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इन्फ्लेक्शनसँग जोडियो राकुटेन भाइबर, सबैका लागि पर्सनल एआई प्रदान गर्ने लक्ष्य

काठमाडाैं । राकुेटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ। ‘कन्भर्सेसन इज द न्यू इन्टरफेस …

प्रतिकृया दिनुहॊस