पानीको लागि तड्पिरहेको भेनेजुएला (फोटोफिचर)

काठमाडाैँ । खाली ड्रम, बोतल, डिब्बा लिएर पानीको खोजी गरिरहेका बच्चा–बुढा र जवान । यो त्यो दृश्य हो जुन भेनेजुएलाको राजधानी कराकासदेखि अन्य विभिन्न शहरमा निकै सजिलै देख्न सकिन्छ ।

भेनेजुएलामा गत ६ दिनदेखि बिजुली आपूर्ती ठप्प भएको छ ।

यसका कारण बिजुलीबाट चल्ने पम्पले काम गर्न पाएका छैनन् र मानिसहरुको घरसम्म पानी पुग्न सकेको छैन ।

भेनेजुएलाका मानिसहरु यसअघि राजनीतिक संघर्षका कारण औषधी र खानपिनका सामानको कमीसँग जुधिरहेका थिए ।

तर बिजुली आपूर्ती ठप्प भएपछि पैदा भएको जल संकटका कारण मानिसहरु सडकमा आउन बाध्य भएका छन् ।

कराकासको स्थानीय समयानुसार गत बिहिबार दिउँसोदेखि घरसम्म पानी पुग्ने पम्पले काम गर्न बन्द गरेको छ ।

यस्तो मानिसहरु घरबाट निस्किएर पानीको खोजी गर्न सुरु गरेका छन् ।

मानिसहरु पानीको खोजीमा जंगलतिर पनि पुगेका छन् ।

यस्तै, शहरमा पानीको कमीका कारण मानिसहरु कुलोबाट पानी लिन बाध्य भएका छन् ।

भेनेजुएलामा जारी राजनीतिक संकटका बीच सरकारदेखि विपक्षी दल दुबै बिजुली संकटका लागि एक–अर्काकामाथि आरोप लगाइरहेका छन् ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकाले बिजुली ग्रिड र इलेक्ट्रोम्याग्नेटिक र साइबर हमला गरेका छन् ।

गत मंगलबार भेनेजुएलाका प्रसिक्यूटर जनरल तारेक साबले विपक्षी नेता ख्वान ग्वाइदोमाथि उक्त हमलाको षड्यन्त्र रचेको आरोप लगाएका छन् ।

यस्तै, ख्वाइद ग्वाइदोले यो संकटका लागि थुप्रै वर्षदेखि जारी सरकारी अव्यवस्था र मर्मतको कमीलाई जिम्मेवार बताएका छन् ।

बीबीसी बाट । 

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस