विश्वकपमा छनौट नभएको इटालीको युरोकप छनौटमा सुखद सुरुवात

काठमाडाैँ । गएको वर्ष रुसमा भएको विश्वकप फुटबलका लागि छनौट हुन नसकेको इटालीले युरोकप २०२० को छनौट यात्रा भने सुखद रुपमा सुरु गरेको छ । युरोकप २०२० को छनौट अन्तर्गत शनिबार राति भएको खेलमा इटालीले जित निकालेको हो ।

समूह जे मा रहेको इटालीले छनौट चरणको आफ्नो पहिलो खेलमा फिनल्याण्डलाई २–० ले हराएको हो । इटालीको जितमा निकोलो बारेल्ला र मोइजे कीनले गोल गरेका हुन् ।

सातौँ मिनेटमा बारेल्लाको गोलबाट इटालीले सुरुवाति अग्रता लियो । उसका लागि ७४ औँ मिनेटमा किशोर खेलाडी कीनले गोल गरे । युभेन्टसबाट खेल्दै आएका १९ वर्षका उनले राष्ट्रिय टिमबाट दोस्रो सहभागितामा पहिलो गोल गरेका हुन् ।

स्ट्राइकर तीमु पुक्कीले फिनल्याण्डका लागि गोल गर्ने सुन्दर मौका गुमाए । इटालीले पछिल्ला १८ खेलमा एकै खेलमा एक भन्दा बढि गोल गरेको यो पहिलो पटक हो ।

समूह जे अन्तर्गत शनिबार राति नै भएका खेलमा ग्रीसले लिचेस्टाइनलाई २–० तथा बोसनिया हर्जगोविनाले अर्मेनियालाई २–१ ले हराएका छन् ।

यस्तै समूह डी अन्तर्गत शनिबार राति भएको खेलमा जर्जियालाई २–० ले हराउँदै स्वीट्जरल्याण्डले विजयी सुरुवात गरेको छ । समूह डी कै अर्को खेलमा रिपब्लिक अफ आयरल्याण्डले जिब्रालटारमाथि १–० को जित निकालेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस