युरोकप २०२० छनौट: स्पेनको विजयी सुरुवात, रामोसको पेनाल्टीले जितायो

काठमाडाैँ । स्पेनले युरोपक फुटबल २०२० को छनौट यात्रा जितसहित सुरु गरेको छ । समूह एफ अन्तर्गत शनिबार राति भएको छनौट चरणको आफ्नो पहिलो खेलमा स्पेनले नर्वेमाथि २–१ को जित दर्ता गरेको हो ।

स्पेनको जितमा रोड्रिगो कप्तान सर्जियो रामोसले गोल गरे । नर्वेका लागि जोशुआ किङ्गले एक गोल फर्काएका हुन् । घरेलु मैदानमा भएको खेलमा १६ औँ मिनेटमा रोड्रिगोको गोलबाट स्पेनले सुरुवाति अग्रता लियो ।

पहिलो हाफमा पछि परेको नर्वेका लागि ६५ औँ मिनेटमा पाएको पेनाल्टीमा किङ्गले बराबरी गोल फर्काए । तर स्पेनले त्यसको केही मिनेटपछि नै पेनाल्टी पायो । ७१ औँ मिनेटमा रामोसले पेनाल्टी मार्फत गोल गर्दै स्पेनलाई जित दिलाए ।

स्पेनले युरोकप फुटबलको उपाधि सन् १९६४, २००८ र २०१२ गरि तीन पटक जितेको छ ।

समूह एफ अन्तर्गत शनिबा राति नै भएको खेलमा स्वीडेनले रोमानियालाई २–१ ले हराएर छनौटमा विजयी सुरुवात गरेको छ । यस्तै माल्टाले पनि फारोइ आइल्याण्डमाथि २–१ कै जित दर्ता गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस