Chennai Super Kings' Harbhajan Singh celebrates the dismissal of Royal Challengers Bangalore's AB de Villiers during the VIVO IPL T20 cricket match between Chennai Super Kings and Royal Challengers Bangalore in Chennai, India, Saturday, March 23, 2019. (AP Photo/Aijaz Rahi)

इण्डियन प्रिमियर लिग : चेन्नईले बेंग्लाेरलाई ७ विकेटले हरायो

काठमाडाैँ । शनिबारदेखि सुरु भएको इण्डियन प्रिमियर लिगको पहिलो खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ । घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा भएको खेलमा चेन्नईले रोयल च्यालेञ्जर्स बेंग्लोरलाई ७ विकेटले पराजित गर्‍याे ।

टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोर १७.१ ओभरमा ७० रनमा अलआउट भयो । उसका लागि पार्थिव पटेलले सर्वाधिक २९ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको रन छुन सकेनन् । यस क्रममा विराटन कोहली ६ रन, माइन अलि र एबी डि भिलियर्सले ९–९ रन बनाए । अन्यको प्रदर्शन अझ खराब रह्यो ।

चेन्नईले उत्कृष्ट फिल्डिङ देखाउँदा बैंग्लोरका ८ जना खेलाडी क्याचआउट भएका थिए । बलिङतर्फ हरभजन सिंह र इम्रान ताहिरले तीन तीन विकेट लिए भने रविन्द्र जडेजाले दुई तथा र ड्वाइन ब्राबोले एक विकेट लिए ।

७१ रनको कमजोर लक्ष्य चेन्नईले १७.४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍याे । ओपनर शेन वाट्सन रनको खाता नै खोल्न नपाउँदै बाहिरिए पनि अम्बाती रायाडुले २८ तथा सुरेश रैनाले १९ रनको योगदान दिए । चेन्नईका ब्याट्सम्यान सुरेश रैना आईपीएलमा पाँच हजार रन पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । विस्फोटक ब्याटिङ गर्ने रैना दुई हजार रन र तीन हजार रन पूरा गर्ने पहिलो खेलाडी पनि थिए ।

यो संस्करण अघिल्ला संस्करणभन्दा पृथक रह्यो । अघिल्ला संस्करणमा तामझामका साथ उद्घाटन गर्दै आएको भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले यो पटक कार्यक्रममा केही पनि खर्च गरेन । उद्घाटन समारोहमा खर्च हुनेभन्दा बढी रकम बीसीसीआईले भारतीय सेनालाई दान दिएको छ ।

बीसीसीआईले भारतीय आर्मीलाई एघार करोड, केन्द्रिय रिजर्भ पुलिस फोर्सलाई ७ करोड दिएको छ भने भारतीय नेभरी र एयरफोर्सलाई एक–एक करोड दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस