सुपरमाई ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सुरु

इलाम । इलामको माइखोलामा सात दशमलव आठ मेगावाट क्षमताको सुपरमाई जलविद्युत् आयोजनाको निर्माण सम्पन्नपछि ९ दशमलव ६ मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत् आयोजना निर्माण सुरु भएको छ ।

सगरमाथा जलविद्युत् कम्पनी प्रालिले १ अर्ब ७९ करोड रुपैयाँको लगानीमा सुपरमाई ए को निर्माण सुरु गरेको हो ।

निर्माणाधीन उक्त आयोजनाको २० प्रतिशत प्रगति भएको र निर्माण सुरु भएको १५ महिनाभित्रै विद्युत् उत्पादन गरिने बताइएको छ ।

इलाम बजारबाट करिव १५ किलोमिटर उत्तरमा रहेको सन्दकपुर गाउँपालिकाको भीरगाउँमा इन्टेक बनाएर करिव ३ हजार ७ सय मिटर हेडरेस पाइपबाट माइखोलाको पानी ल्याइने भएको छ ।

इलामको गँगटेबेसीमा पावर हाउस बनाएर विद्युत् उत्पादन गरिने छ ।

उत्पादित विद्युत् ३३ केभी प्रशारण लाइन निर्माण गरि इलाम गोदकको सव स्टेसनमा पुर्‍याइने आयोजना इन्चार्ज सन्तोष कार्कीले बताए ।

हालसम्म बाँधको काम र सेडलिन बेसीनको काम ४० प्रतिशत पुरा भएको र सर्जट्यांक निर्माण पनि तीव्र रुपमा अगाडि बढेको छ ।

२०७७ पुस महिनासम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि त्यसअघि नै काम सक्ने तयारी आयोजनाले गरेको छ ।

इलामको माइखोलामा अर्को माइवेनी जलविद्युत् आयोजना समेत निर्माण भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस