विश्वकपपछि रोनाल्डो पहिलोपटक राष्ट्रिय जर्सीमा, तर पोर्चुगलले जित्न सकेन

काठमाडाैँ । साबिक विजेता पोर्चुगलले यरोपक २०२० का लागि सुरुभएको छनौटमा जितसहितको सुरुवात गर्न सकेन । गएको वर्ष रुसमा भएको विश्वकप फुटबलपछि राष्ट्रिय टिमबाट बाहिर रहेका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो राष्ट्रिय जर्सीमा मैदान फर्किएको पहिलो खेलमा पोर्चुगल गोल रहित बराबरीमा रोकिएको हो ।

युरोकप फुटबलको छनौट अन्तर्गत शुक्रबार राति भएको समूह बी को खेलमा घरेलु टोली पोर्चुगल युक्रेनसँग गोलरहित बराबरीमा रोकिन बाध्य भएको हो । विश्वकप फुटबलमा अन्तिम १६ बाट बाहिरिएपछिका ६ अन्तर्राष्ट्रिय खेलमा पोर्चुगल रोनाल्डो बिना मैदान उत्रिएको थियो ।

राष्ट्रिय जर्सीमा मैदान फर्किएका रोनाल्डोले गोल गर्ने राम्रो प्रयास गरेका थिए । तर युक्रेनका गोलरक्षक एन्ड्री पायटोभले रोनाल्डोका दुई प्रभावशाली प्रहारको सुन्दर बचाउ गरे । यस्तै उनले आन्द्रे सिल्भाको प्रहारलाई पनि गोल हुन दिएनन् ।

लिस्बनमा भएको खेलमा पोर्चुगलले १८ पटक पोस्ट प्रहार गरेको थियो भने युक्रेनले मात्रै दुई पटक मात्रै पोस्ट प्रहार गर्न सकेको थियो । पोर्चुगलका विलियम काभाल्होले १६ औँ मिनेतमा हेडमार्फत गोल गरेका थिए, तर अफसाइड भएका कारण त्यसले मान्यता पाएन ।

पोर्चुगलले आउँदो सोमबार सर्बियासँग प्रतिस्पर्धा गर्नेछ । समूह बी अन्तर्गत शुक्रबार राति नै भएको खेलमा लग्जेम्बर्गले लिथुवानियालाई २–१ ले हराएको छ ।

हरेक समूहको शीर्ष दुईमा रहेका टिम युरोकप २०२० का लागि छनौट हुने छन् । तर पोर्चुगल यसरी जान नसके पनि नेशन्स लिगको सेमिफाइनलमा पुगेकाले उसले प्ले अफ खेल्न पाउनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस