स्वास्थ्य बिमा नियमावली २०७५ : ७० वर्ष पुगेकाको बिमा रकम सरकारले बेहोर्ने

काठमडौं । सरकारले स्वास्थ्य बिमाप्रति नागरिकको आकर्षण बढाउन ७० वर्ष पुगेपछि थप एक लाख रुपैयाँको सेवा उपलब्ध गराउने भएको छ । बिमाको प्रिमियम रकम पनि २५ सयबाट बढाएर ३५ सय पुर्‍याइएको छ । बिमाका विद्यमान प्रणालीमा केही परिवर्तनसहितको ‘स्वास्थ्य बिमा नियमावली, २०७५’ सरकारले स्वीकृत गरेको छ ।

नियमावलीमा ६९ वर्षसम्म मात्रै परिवारले प्रिमियम तिर्ने र ७० वर्ष पुगेपछि स्वास्थ्य बिमाको सबै जिम्मा सरकारले लिने व्यवस्था छ । ७० वर्षमाथिकालाई छुट्टै इकाइ मानेर थप १ लाख रुपैयाँसम्मको सेवा दिने भएको छ । प्रिमियम रकम पनि प्रतिपरिवार ५ जनासम्मका लागि ३५ सय तोकिएको छ । तर, ७० वर्षमाथिका ज्येष्ठ नागरिक भए परिवारमा उनीहरूको संख्या गणना हुनेछैन ।

यो व्यवस्था १ साउनबाट लागू हुनेछ । यसअघि पाँचजनासम्मको परिवारले २५ सयका दरले प्रिमियम तिर्नुपर्ने व्यवस्था थियो । २५ सय तिरेर ५० हजारसम्मको स्वास्थ्य सेवा पाउने बिमितले अब ३५ सय तिरेर १ लाखसम्मको सेवा पाउन सक्छन् । आगामी साउनबाट नियमावली लागू भएसँगै पाँचजनासम्म सदस्य रहेको परिवारले हरेक वर्ष १ लाख रुपैयाँसम्मको सुविधा लिन पाउनेछन् । ५ जनाभन्दा बढी सदस्य रहेको परिवारको हकमा भने प्रतिसदस्य थप २० हजार रुपैयाँका दरले प्रतिवर्ष अधिकतम दुई लाख रुपैयाँसम्मको सेवा पाउनेछन् ।

५ भन्दा बढी सदस्यका लागि प्रतिव्यक्ति वार्षिक थप सात सय रुपैयाँ प्रिमियम लाग्ने स्वास्थ्य मन्त्रालय कानुन शाखाका उपसचिव पुष्करराज नेपालले बताए । हाल ४२ जिल्लामा स्वास्थ्य बिमा लागू भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस