त्रिशुली थ्री बीको सेयर सर्वसाधारणका लागि खुल्यो, प्रधानमन्त्री ओलीले पनि दिए निवेदन

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशुली थ्री बी आयोजनाको सेयरका लागि आवेदन दिएका छन्।  जनताको जलविद्युत कार्यक्रमअन्तर्गत बिहीबार बिहान प्रधानमन्त्री ओलीले  ३७ मेगावाट क्षमताको उक्त आयोजनाको सेयर किन्न निवेदन दिएका हुन्।

त्रिशुली जलविद्युत कम्पनीले निस्काशन गर्ने आईपिओमा आवेदन दिन प्रधानमन्त्रीले ग्लोबल आइएमई क्यापिटल र नेपाल डिपी लिमिटेडमा २ वटा डिम्याट खाता समेत खोलेका थिए। जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत पहिलो शेयर नुवाकोट र रसुवामा निर्माणाधीन माथिल्लो त्रिशुली थ्री बी’ ले निस्कासन गरेको हो।

गत फागुन २ गते ऊर्जाजलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलो चरणमा आम सर्वसाधारणका लागि शेयर खुला गरेको हो। मन्त्रालयले ४९ प्रतिशत जनताको शेयर सुनिश्चित गर्न तथा शुरुमा १० प्रतिशत शेयर दिने गरी  एक खर्ब रूपैयाँ बराबरको विभिन्न १९ आयोजनाको शेयर जनतालाई दिने सार्वजनिक गरेको थियो।

सोही आधारमा कम्पनीको जारी पूँजी दुई अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड पाँच लाख रुपैयाँ बराबरको १०० रुपैयाँअङ्कित दरको ३७ लाख पाँच हजार साधारण सेयरमध्ये ३ प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याई बाँकी ३५ लाख ९३ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको कम्पनीले जनाएको छ।

‘छिटोमा चैत १२ र ढिलोमा वैशाख ६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था मिलाउन लागिएको छ,’ आयोजना प्रमुख आनन्द ढुङ्गेलले भने‘एक व्यक्तिले बढीमा एक हजार कित्तासम्म आवेदन दिन पाउने शेयरको मूल्य १०० रुपैयाँ अङ्कितमा त्यसको १० प्रतिशत हुन आउने १० रुपैयाँ मात्र तोकिएको छ।’

गत वर्षको फागुनदेखि निर्माण थालिएको उक्त अयोजना २०७८ फागुन १७ भित्र सम्पन्न गर्ने लक्ष्य छ । आयोजना निर्माणमा आठ अर्ब २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ (निर्माण अवधिको ब्याजसमेत) लाग्ने छ।

जसमा आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको समान ३०३० प्रतिशतप्रभावित जिल्ला (नुवाकोट र रसुवा) का स्थानीय तह पाँच प्रतिशतप्रभावित जिल्लाका स्थानीय बासिन्दा १० प्रतिशतविद्युत् प्राधिकरण र दूरसञ्चार कम्पनीका कर्मचारीका लागि शेयरधनी सम्झौता भएको बखत २०६८ वैशाख २९ गतेदेखि शेयर निष्काशन गरेको बखतसम्म कार्यरत स्थायी कर्मचारीलाई संस्थाको कर्मचारी सङ्ख्याका आधारमा समानुपातिक रुपमा वितरण हुनेगरी  पाँच प्रतिशतजलविद्युत् आयोजनामा लगानी गर्ने उद्देश्यले प्रभावित जिल्ला .(नुवाकोट र रसुवा) का बासिन्दाले स्थापना गरेका कम्पनीको लागि पाँच प्रतिशत एवं आमसर्वसाधारणका लागि १५ प्रतिशत (सो को तीन प्रतिशत त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका कर्मचारीका लागि संरक्षित) शेयर सुनिश्चित गरिएको छ ।

२०७२ जेठ २४ मा विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेको उक्त आयोजनाले २०७४ भदौ ६ मा विद्युत खरिदबिक्री सम्झौता (पिपिए) र २०७५ भदौ ४ मा ऋण सम्झौता (सिएफए) गरेको थियो ।

आयोजनाले हालसम्म साइट आवासकार्यालय भवनजग्गा अधिग्रहणटेस्ट अडिट टनेलपहुँच मार्गसम्मको अधिनवन क्षेत्रको प्रयोग र रुख कटानलगायतका कार्य सम्पन्न गरिसकेको छ । उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनसम्म पुर्‍याउन उत्पादनगृहदेखि थ्री बी’ हबसम्म जडानका लागि लैजान आवश्यक पर्ने तीन किमी दूरीको १३२ केभी प्रसारण लाइन निर्माणकार्य हाल जारी रहेको छ।

समग्रमा आयोजनाको भौतिक प्रगति २९ प्रतिशत र वित्तीय प्रगति १२ प्रतिशत छ । आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी सिचुवान एन्हे हाइड्रोलिक तथा हाइड्रोइलेक्ट्रिक इञ्जिनीयरिङ कम्पनीमार्फत भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस