गूगलमाथि युराेपियन संघले लगायाे १.५ बिलियन यूरो जरिवाना

काठमाडाैँ । यूरोपियन संघ इयूले सर्च इन्जिन गूगललाई १.५ बिलियन युरो जरिवाना तिराउने भएको छ ।

प्रतिस्पर्धी अनलाइन सर्च विज्ञापनदातालाई रोक लगाएको आरोपमा ईयूको प्रतिस्पर्धा आयोगले गूगललाई १.५ बिलियन युरो जरिवाना लगाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

गूगलले अनलाइन विज्ञापनमा आफ्नो बलियो अवस्थाको दुरुपयोग गरेको आयोगले ठहर गरेको छ । आयोगले दुई वर्षभित्र गुगललाई प्रतिस्पर्धा नियम उल्लङघनमा जरिवाना तिराएको यो तेस्रो पटक हो ।

गूगलले युरोपियन कमिसनको ‘एन्टीट्रस्ट रुल’ भन्दा बाहिर गएर यस्तो कार्य गरेकाले जरिवाना गरिएको युरोपियन स‌ंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस