दोस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट वैशाख २ गतेवाट

काठमाडौं । आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गत वर्षदेखि टेनिस प्रतियोगिता आयोजना गर्दै आइरहेका छौं ।

यसपटक आइएमई फाउन्डेसनद्वारा २०७६ साल वैशाख ०२ गतेदेखि ०७ गतेसम्म (१५–२० अप्रील, २०१९) मा ‘दोस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट’ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना गर्न लागिएको छ ।

कूल ३२६,०००÷– (अक्षेरुपी तीन लाख छब्बिस हजार) पुरस्कार राशिको उक्त एकल प्रतियोगितामा देशभरबाट ८ वर्षदेखि १४ वर्षसम्मका १ सय ५० प्रतिष्पर्धीहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ । प्रतियोगिताको आवेदन फारम मिति २०७५ साल चैत ०५ गतेदेखि २५ गतेसम्म दशरथ रंगशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस एसोसिएसन सातदोबाटो ललितपुर, मण्डीखाटार टेनिस कोर्ट मण्डीखाटार, नाउलिङ्ग स्पोर्टस भिल्ला सुन्दरवस्ती भंगाल र आइएमई कम्प्लेक्स पानीपोखरीमा रितपूर्वक बुझाउनुपर्ने छ ।

आवेदन फारम माथि उल्लिखित स्थानका अतिरिक्त आइएमई फाउन्डेसनको आधिकारिक वेभ पेज  www.imefoundation.org मा उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।

आइएमई फाउन्डेसनले प्रतियोगिताको विषयमा पूर्ण जानकारी दिने उद्देश्यले आज पानीपोखरीस्थित आइएमई कम्प्लेक्समा पत्रकार सम्मेलनको आयोजना ग¥यो ।

पत्रकार सम्मेलनमा आइएमई फाउन्डेसनका सदस्य सचिव अन्जली अर्याल (ढकाल), आइएमई फाउन्डेसनका सदस्य राजु पौडेल र जुनियर टेनिस एसोसिएसनको तर्फबाट कृष्णराज घलेको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन जुनियर टेनिस एसोसिएसनका तर्फबाट कृष्णराज घलेले आइएमई जस्तो सफल व्यवासायिक घरानाले खेलकुद क्षेत्र त्यसैमा पनि टेनिसको विकासमा देखाएको चासोप्रति प्रशन्नता व्यक्त गर्नुभयो ।

आयोजक संस्थाको तर्फबाट फाउन्डेसनका सदस्य राजु पौडेलले खेल क्षेत्रको विकासमा सहयोग पु¥याउने एवम् बालबालिकाहरूमा खेलकुदप्रतिको सीप विकास गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्दै आइरहेको बताउनुभयो ।

आइएमई फाउन्डेसन आइएमई ग्रुपद्वारा संचालित एक मुनाफा रहित परोपकारी संस्था हो । आइएमई ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतका कार्यहरू यहि फाउन्डेसन मार्फत गर्दै आइरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपालमा सार्वजनिक भयो ल्याक्मे सनस्क्रिन

काठमाडौं । नेपालमा ल्याक्मे सनस्क्रिन सार्वजनिक गरिएको छ। ‘स्टन इन द सन’ ट्यागलाइनको साथ उक्त …

प्रतिकृया दिनुहॊस