राष्ट्रिय वाणिज्य बैंकको १३ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले १३ औं वार्षिक साधारण सभा सम्पन्न सम्पन्न गरेको छ । साधारण सभाले आ.व. २०७४/०७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारण सभामा अध्यक्ष गुरुङ्गले प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रिय वाणिज्य बैंक विश्वासनीय भएको र आगामी दिनमा थप सृदृढ बनाउने प्रतिबद्धता ब्यक्त गरे ।

साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकारका अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण शेयरधनिहरुको उपस्थिति रहेको थियो ।

बैंकले हाल ७७ जिल्लामा रहेका २१७ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग इकाई मार्फत सम्पुर्ण बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

चालु आ.व.को दोश्रो त्रैयमास सम्म बैंकले १ खर्ब ८१ अर्ब रुपैंया निक्षेप संकलन गरि १ खर्ब ३४ अर्ब रुपैंया कर्जा लगानी गरेको छ । बैंकले उक्त अवधिमा २ अर्ब ४१ करोड रुपैंया खुद मुनाफा आर्जन गरेको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

एनएमबी बैंकको एघारौँ ‘हेरिटेज वाक’, सोसाइटीलाई ५ लाख सहयोग

काठमाडौँ । एनएमबी बैंकले एघारौँ ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न गरेको छ। बुधवार बैंकको बल्खु शाखाबाट …

प्रतिकृया दिनुहॊस