महालक्ष्मी विकास बैंकको शाखा चावहिलमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा काठमाडौं महानगरपालिका वडा नं ७ स्थित चाबहिल शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ ।

एक समारोहका बीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले दीप प्रज्वलन गरी सो शाखाको औपचारिक उद्घाटन गरेका हुन् । सो अवसरमा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय, सञ्चालकद्वय राजेशकुमार रौनियार तथा  रुपेन्द्र पौडेलको पनि उपस्थिति थियो ।

शाखा उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको र आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज,सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पुर्याउने कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एनएमबी बैंकको एघारौँ ‘हेरिटेज वाक’, सोसाइटीलाई ५ लाख सहयोग

काठमाडौँ । एनएमबी बैंकले एघारौँ ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न गरेको छ। बुधवार बैंकको बल्खु शाखाबाट …

प्रतिकृया दिनुहॊस