२८ लाखको सुनका गहनासहित विमानस्थलबाट चार जना पक्राउ

काठमाडाैँ । महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैध रूपमा सुन विदेश लैजान लागेका चार जनालाई पक्राउ गरेको छ।

अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट चितवनका सुनिल राउत, बाराका सन्दीप पटेल, मकवानपुरका अर्पण केसी र खोटाङका मनोज राई सोमबार साँझ सुनसहित पक्राउ परेका हुन्।

प्रहरीले पक्राउ परेकामध्ये राउत र पटेलबाट १० लाख १५ हजार मूल्य पर्ने चार थान सुनको ठूलो बाला, केसी र राईबाट १७ लाख ४६ हजार मूल्य बराबरको पाँचथान सुनको ठूलो बाला, तीन वटा मोबाइल र ल्यापटप बरामद गरेको छ।

पक्राउ परेका चारै जनालाई सुन र सामानसहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यसपटक सकिएन, थोरै धैर्य गरिदिनुस् : रवि लामिछाने

काठमाडौं । कतारका राजा तमिम बिन हमाद अल थानीलाई नेपालमा स्वागत गर्न आज सार्वजनिक बिदा …

प्रतिकृया दिनुहॊस