गोवाको मुख्यमन्त्रीमा नियुक्तले प्रमोद सावंतले लिए शपथ

भारत । भारतको गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन भएपछि विधानसभाका सभामुख प्रमोद सावंतले मंगलबार राति दुई बजे मुख्यमन्त्रीका शपथ लिएका छन् । उनले राजभवनमा राति मुख्यमन्त्रीको शपथ लिएका हुन् ।

सावंतसँगै ११ विधायकले मन्त्रीको शपथ लिएका छन् । पर्रिकर सरकारमा रहेका ९ सहित महाराष्ट्रवादी गोमांतक पार्टीका सुधिन धवलिकर र गोवा फर्वार्ड पार्टीका अध्यक्ष विजय सरदेसाईले मन्त्रीको शपथ लिएका हुन् । धवलिकर र सरदेसाईलाई उप मुख्यमन्त्रीको जिम्मेवारी पनि दिइने चर्चा छ ।

सोमबार दिउँसो पर्रिकरको अन्तिम संस्कारपछि गोवामा राजनीतिक सरगर्मी बढेको थियो । आइतबार बेलुका नै केन्द्रीय मन्त्री नितिन गडकरी गोवा पुगेका थिए । सोमबार अबेर राति उनी पार्टी तथा समर्थक पार्टीका विधायकको पत्र लिएर राजभवन पुगेका हुन् ।

४० सिटको गोवामा अहिले ३६ विधायक छन् । कांग्रेसका १४ र भाजपाका १२ विधायक छन् । अरु स्थानीय पार्टीका विधायक छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी गर्नेसम्बन्धी समझदारी

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा समझदारी भएको छ । …

प्रतिकृया दिनुहॊस