युनियन हाइड्रोपावरको चैत १३ देखि ३४ लाख ६३ हजार कित्ता आइपीओ खुल्ने

काठमाडौं । युनियन हाइड्रोपावरले चैत १३ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३४ लाख ६३ हजार ६५४ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

न्युनतम ५० कित्ता देखि ३५ हजार कित्ता सम्म आवेदन दिन सकिनेछ । यसमा आवदेन दिने म्याद चैत गतेसम्म १७ हुनेछ । सो अवधिमा सबै बिक्री नभएमा बैशाख १२ गतेसम्म भर्न पाइनेछ ।

युनियनलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा ३५ लाख ३४ हजार ३४० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको थियो । यसअघि कम्पनीले सर्वसाधारणको लागि २९ करोड १२ लाख ५५ हजार रुपैयाँको २९ लाख १२ हजार ५५० कित्ता आइपीओ निष्कासन गर्ने जनाएको थियो ।

युनियनले लमजुङ जिल्लाका आयोजना प्रभावितलाई ७ लाख ५० हजार कित्ता आइपीओ खुलेकोमा १ लाख २८ हजार २१९ कित्ताको लागिमात्र आवेदन परेको थियो । उक्त समयमा  नबिकेको ६ लाख २१ हजार ७९० कित्ता समेतलाई जोडर ३४ लाख ६३ हजार ६५४ कित्ता सेयर आइपीओ बिक्री गर्न लागेको हो ।

यसमा कर्मचारीहरुई २% अर्थात ७० हजार ६८६ कित्ता सुरक्षित गरिएको छ । यस आइपीओमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ । युनियनको जारी पुँजी ७५ करोड रुपैयाँ छ । इक्रा नेपालले यो आइपीओलाई कमजोर आधार जनाउने ग्रेड ५ रेटिङ दिएको छ ।

यस हाइड्रोपावरको प्रतिमेगावट लागत २६ करोड ५० लाख ९२५ रुपैयाँ रहेको छ । आयोजनाको कुल लागत ७९ करोड ५० लाख ७७ हजार ७४५ रुपैयाँ रहेको छ । कम्पनीले ३ मेगावटको परियोजना निर्माण गरिरहेको छ ।

यस परियोजनाको विद्युत उत्पादन अनुमति पत्र बाँकी अवधि २९ वर्ष रहेको छ । लगानी फिर्ता हुन १०.६१ वर्ष लाग्नेछ । डिस्काउन्टेड पे ब्याक अवधि २३.२३ वर्ष रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

काठमाडौंका मुख्य स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल …

प्रतिकृया दिनुहॊस