चेल्सीलाई गम्भीर धक्का

काठमाडाैँ । शीर्ष चारको होडमा रहेको चेल्सीलाई गम्भीर धक्का लागेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी एभर्टनसँग २–० ले पराजित भयो । घरेलु मैदानमा भएको खेलमा एभर्टनलाई जिताउन रिचार्लिसन र गुल्फी सिगुडर्सनले गोल गरे ।

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा एभर्टनका लागि ४९ औँ मिनेटमा रिचार्लिसनले गोल गरेका हुन् । ७२ औँ मिनेटमा सिगुडर्सनले गोल गर्दै घरेलु टिमको २–० को जित निश्चित गरेका हुन् ।

खेल अवधिभर बलमा नियन्त्रण बढि भए पनि चेल्सीले गोल भने गर्न सकेन । उसका लागि इडन हर्जाडले गरेको प्रहार गोलमा परिणत हुन सकेन र पेड्रोले पनि राम्रो मौकालाई सदुपयोग गर्न सकेनन्।

हारले चेल्सीको शीर्ष चारमा अटाउँदै आउँदो सिजन च्याम्पियन्स लिगका लागि स्थान पक्का गर्ने सम्भावना सीमित बनेको छ । छैटौँ स्थानमा रहेको चेल्सीको ३० खेलबाट ५७ अंक रहेको छ ।

चौथो स्थानको आर्सनलको ६० तथा पाँचौँ स्थानको म्यानचेस्टर युनाइटेडको ५८ अंक छ । जित निकालेको एभर्टन ३१ खेलबाट ४० अंकसहित ११ औँ स्थानमा उक्लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इजरायलले सुरु गर्‍यो इरानमाथि आक्रमण, विश्वबजारमा सुन र तेलको भाउ बढ्यो

काठमाडौं । इजरायलले इरानमा मिसाइल आक्रमण गरेको छ । अमेरिकी अधिकारीहरूले एउटा इजरेली क्षेप्यास्त्र इरानमा …

प्रतिकृया दिनुहॊस