आगोले पोल्यो ? तुरन्तै यसो गर्नुस्

काठमाडाैँ । आगोले पोलिरहेको छ भने तुरुन्तै कम्बलले छापेर घटनास्थलबाट बाहिर निस्कने/निकाल्ने र बाक्लो कपडाले छाप्ने। पोलेको अंग चिसो पानीमा डुबाएर राख्ने। पानी नभएको अबस्थामा नरम कपडाले छोप्न पनि सकिन्छ।

पोल्नेवित्तिकै मानिसको शरीमा भएका औँठी, चुरा, माला, जुत्ता वा अन्य कसिला सामग्रीलाई शरीरबाट उतार्ने। नत्र पोलेको भाग सुन्निएर पछि निकाल्न अप्ठ्यारो हुन्छ। बिरामी खानसक्ने अबस्थामा भए प्रशस्त पानी वा अन्य झोलिलो पदार्थ सेवन गराउने।

जलेको भागमा कुनै पनि प्रकारको लोसन, तेल वा अन्य पदार्थ नलगाई छिटोभन्दा छिटो स्वास्थ्य संस्थामा पुर्याउने। जलेपछि उठेको फोकालाई कहित्यै पनि फुटाउने प्रयास गर्नु हुँदैन।

सासायनिक जलन छ भने रसायनले भिजेको कपडालाई तुरुन्तै शरीरबाट बाहिर निकाल्नुपर्छ। र, प्रभावित भागलाई करिब २० मिनेटसम्म चिसो पानीले सफा गर्नुपर्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस