कुमारी बैंकले गर्यो नयाँ समाज नेपाललाई आर्थिक सहयोग

काठमाडाैँ । कुमारी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नयाँ वानेश्वर स्थित “नयाँ समाज नेपाल” नामक एक परोपकारी संस्थालाई वित्तिय सहयोग प्रदान गरेको छ ।

उक्त संस्था न्यून आयश्रोत तथा एकल अभिभावक परिवारका बालबालिकाहरुको आधारभूत आवश्यकता परिपूर्तिका लागी कार्यरत छ । उक्त संस्थाको हेरचाहमा रहेका सबै बालबालिकाहरुलाई बैंकले लत्ताकपडा तथा खाद्यान्न सामग्री उपलब्ध गराएको छ ।

कुमारी बैंकको कर्मचारी युनियनको पहलमा भएको सो सहयोग कार्यक्रममा बैंकका तर्फबाट चिफ् डिपोजिट मार्र्केिटङ राजेश श्रेष्ठ र युनियनका अध्यक्ष शिव पाठकले नयाँ समाज नेपालका अध्यक्ष कृष्णराज गुरुङलाई सहयोग सामग्री हस्तान्तरण गरे ।हालसम्म कुमारी बैंकले आफ्ना देशव्यापी ८७ शाखा कार्यलय, ८३ एटिम र २ एक्सटेन काउन्टर मार्फत आफ्ना ग्राहकलाई आधुनिक बैंकिङ्ग सुविधाहरु प्रदान गर्दै आएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एनआईसी एसिया बैंकद्वारा ‘विराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौँ । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको ‘विराट गोल्ड कप फुटबल’ लाई …

प्रतिकृया दिनुहॊस