एनएमबि बैंकको ३० लाख कित्ता ऋणपत्र विक्री खुला

काठमाडौं । एनएमबि बैंकको ३० लाख कित्ता ऋणपत्र बिहीवारदेखि विक्री खुला भएको छ । बैंकले ११ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि र ६० हजार कित्ता म्युचुअल फण्डको निष्कासन गर्नेछ । बाँकी रहेको १८ लाख कित्ता बैंकले अन्य संघसस्था तथा कम्पनीले विक्री गर्नेछ ।

बैंकले १० प्रतिशत ब्याजदरमा २०८५ मा ऋणपत्र परिपक्व हुनेछ । आवेदकले ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतम १२ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्कासन बन्द मिति छिटोमा चैत ४ र ढिलोमा चैत १४ रहेको छ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

साथै, आवेदकले एनएमबि बैंकको शाखा कार्यालयहरुबाट र धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन सक्नेछन् । बैंकले जारी गर्न लागेको ऋण पत्रलाई इक्रा नेपालले इक्रा एनपी एल ए माइनस रेटिङ प्रदान गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रुपन्देहीमा माछापुच्छ्रे बैंकको नवनिर्मित भवन शुभारम्भ

काठमाडौँ । माछापुच्छ्रे बैंक लि. ले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं.१२ स्थित नवनिर्मित बैंकको …

प्रतिकृया दिनुहॊस