एक महिनामै एनसीसी बैंकको साढे ६ लाख कित्ता शेयर कारोबार, एनसीसीमा एकाएक देखियो आकर्षण

काठमाडौं। केही दिनदेखि नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको शेयर कारोबार धेरै हुन थालेको छ। राष्ट्र बैंकको निर्देशन अनुसार पूँजी जुटाउने अन्तिम प्रयत्नमा रहेको बैंकले १४ प्रतिशत भन्दा माथिको बोनस शेयर दिने आधारमै शेयर कारोबार बढी हुने गरेको हो।

दोस्रो बजारमा विगत एक महिनाको अवधीको कारोबारलाई हेर्ने हो भने सबैभन्दा धेरै कारोबार हुने १० कम्पनीभित्र एनसीसी परेको छ। एक महिना भित्रमा बैंकको ६ लाख ५४ हजार कित्ताको कारोबार भएको छ। पछिल्लो एक हप्तादेखि अधिकतम कारोबार हुने सूचीमा पर्दै आएको छ। बुधबार भैरहेको कारोबारमा क्रेतातर्फ ५० हजार ५२२ कित्ताको लागि माग रहेको छ भने बिक्रेतातर्फ ५१ हजार कित्ता भन्दा माथि छ।

शेयर बजार तीन वर्ष यताकै न्यून सूचक ११०० विन्दुमा रहदा २०२ रुपैयाँ थियो। साथै पछिल्ला दिनमा दोहोरो अंकले बजार बढ्दा बजार मूल्य २१७ रुपैयाँ सम्म पुग्यो। दोस्रो बजारमा एकै पटकको कारोबारमा दुई हजार कित्ता भन्दा माथिको कारोबार भैरहेको छ।  बैंकको हालको चुक्ता पूँजी ७ अर्ब एक करोड रुपैयाँ रहेको छ। ८ अर्ब रुपैयाँ पुर्याउन न्यूनतम पनि एक अर्ब रुपैयाँ बोनस शेयर दिनु पर्ने हुन्छ। दोस्रो त्रैमासिक अवधिसम्ममा बैंकको जगेडा कोषमा ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ। नाफामा उल्लेख्य सुधार गरेको बैंकको प्रतिशेयर आम्दानी पनि २१ रुपैयाँ छ। बाणिज्य बैंकहरु मध्ये सिभिल बैंक र कुमारी बैंकले न्यूनतम ८ अर्ब रुपैयाँ जुटाउन बाँकी छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस