सिके राउतले डाके राष्ट्रिय परिषद् बैठक

काठमाडौं । सरकारसँग यही फागुन २४ गते ११ बुँदे सहमति गरेका स्वतन्त्र मधेस गठबन्धनका नेता डा. सिके राउतले यही चैत ४ र ५ (आगामी सोमबार र मंगलबार) गते राष्ट्रिय परिषद् बैठक डाकेका छन् ।

उनले विहीबार ट्विट गर्दै सो कुरा जनाएका हुन् । उनका अनुसार बैठक जनकपुरमा हुनेछ । सरकारसँग सहमति भएपछि पनि स्वतन्त्र मधेसको नारा उनका कार्यकर्ताले लगाएको भन्दै सर्वत्र आलोचना भइरहेकै बेलामा राउतले आफ्नो संगठनको बैठक डाकेका हुन् । उनको संगठनले के निर्णय गर्ला भन्ने सर्वत्र चासो उत्पन्न भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस