बोइङ आफैंले लगायो ७३७ म्याक्स मोडेलका विमान उडानमा रोक, ५ महिनामा दुई पटक दुर्घटना

वासिङटन। अमेरिकाको विमान निर्माण कम्पनी बोइङले आफ्ना ७३७ म्याक्स मोडेलका सबै विमानहरु उडान रोक लगाएको छ। कम्पनीले अर्को निर्णय नभएसम्म ७३७ म्याक्स बोइङ विमान उडाउन रोक लगाएको हो। यसअघि बोइङले आफ्नो विमान सुरक्षाको हिसाबले ठिक भएको बताएको थियो।

२०१७ देखि व्यवसायिक उडान सुरु गरेको यस मोडेलको विमान पछिल्लो ५ महिनामा दुई पटक दुर्घटना परिसकेपछि यसको सुरक्षाबारे प्रश्न खडा भएको हो।

गत आइतबार इथियोपियन एयरलाइन्सको ७३७ म्याक्स मोडेलको विमान दुर्घटना हुँदा एक नेपली सहित १५७ जनाको मृत्यु भएपछि विश्वभर बोइङलाई प्रतिबन्ध लगाउने क्रम सुरु भएको थियो। दुर्घटनास्थलबाट नयाँ प्रमाण भेटिएपछि बोइङले यस्तो कदम उठाएको बुझिएको छ।

सर्वप्रथम चीनले बोइङमाथि रोक लगाएको थियो। पछि जर्मनी, बेलायत, भारत लगायत देशले समेत बोइङमाथि रोक लगाइसकेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएराति मात्रै ७३७ म्याक्स ८ र ९ बोइङ विमान ग्राउन्डेड गर्न निर्देशन दिएका थिए। त्यसअघि अमेरिकी उड्डयन नियामक निकाय एफएए विमान ग्राउन्डेड गर्ने कुनै आधार नभएको भन्दै रोक लगाउनै अस्वीकार गरेको थियो।

पढ्नुस्ः चीनबाट सुरु भएको बोइङ प्रतिबन्ध अमेरिकासम्म, ट्रम्पले भने- ‘बोइङ ७३७ म्याक्स ग्राउन्डेड गर्न आदेश दिएँ’ ट्रम्पको निर्देशन र नयाँ प्रमाणहरुले बोइङलाई ७३७ म्याक्स मोडेलका सबै विमान उडाउन रोक लगाउनु पर्ने अवस्था सिर्जना भएको बताइएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस